मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हुम्लामा औसधि अभाव, समस्यामा बिरामी

हुम्लामा औसधि अभाव, समस्यामा बिरामी

images
२०८१ पौष २६ गते, शुक्रवार
२०८१ पौष २६ गते, शुक्रवार
  • हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकामा यतिबेला औषधिको अभाव भएको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन्। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन्।

    images

    गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, छ वटा आधारभूत स्वास्थ्य एकाइमा यतिबेला औषधि अभाव भएको छ।

    images

    गाउँपालिकाभित्र रहेका यी स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही गए पनि औषधि नहुँदा फिर्ता हुने गरेको बताउने गरेका छन्।
       
    गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा एक महिनादेखि सामान्य सिटामोल, ग्याष्ट्रिक, रुघाखोकी, दमलगायतका विरामीका लागि अति आवश्यक पर्ने औषधि नभएको स्वास्थ्यकर्मीले बताउने गरेका छन्। गाउँपालिकाले औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गर्दा औषधि अभाव भएको हो।
       
    दशैँअघि पनि औषधि अभाव हुँदा रु पाँच लाखको औषधि गाउँपालिकाले गरिद गरेको थियो। दशैँमा खरिद गरेको सकिएपछि पुनः औषधि खरिदका लागि टेण्डर आह्वान भएको गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त शाहीले बताए। गाउँपालिकामा सबै औषधिको अभाव नभए पनि केही औषधिको अभाव भएको गाउँपालिका संयोजक शाहीले बताए।
      
    यस्तै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले औषधि अभाव भएको जानकारी नभएको बताए। तर गाउँपालिकाले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिदका लागि टेण्डर आह्वान गराएर स्वीकृत भइसकेको उनले जानकारी दिए ।

    यतिबेला गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी गाउँमै रहेका स्वास्थ्य संस्थामा नपुगेर जिल्ला अस्पताल सिमकोटमा पुग्ने गरेका छन्। यस्तै गाउँमा रहेका स्वास्थ्यचौकीमा औषधि नपाइने भएपनि जिल्ला वा जिल्ला बाहिर उपचारका लागि जाने गरेको पाइएको छ।

    स्वास्थ्य संस्थामा अभाव हुँदा बिरामीले औषधि पाएका छैनन्। स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका स्थानीय दलसुर परियारले गुनासो पोखे।

    केही दिनअघि बिरामीको चाप हुने रायाँ, छिप्रा, लाली, खर्पेगाउँमा रहेका स्वास्थ्यमा यतिबेला बिरामी नै आउन छोडेको बताइएको छ।

    खार्पुनाथको वडा नम्बर १ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधिको अभाव भएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend