मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सहकारी ठगी प्रकरण

६ जनाले बुझाए धरौटी, पछाईंले बुझाउन सकिनन्

६ जनाले बुझाए धरौटी, पछाईंले बुझाउन सकिनन्

images
२०८१ पौष २५ गते, बिहिवार
२०८१ पौष २५ गते, बिहिवार
  • कास्की। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका सात जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएपछि ६ जना धरौटी रकम बुझाएर रिहा भएका छन्।

    images

    तर लीला पछाईंले भने बिहीबार राती सवा आठ बज्दासम्म धरौटी रकम बुझाउन सकेकी छैनन्।

    images

    सूर्यदर्शन सहकारी बचत रकम अपचलन मुद्दामा प्रहरी हिरासतमा रहेका ७ जनालाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएकोमा लामिछानेसहित ६ जनाले धरौटी रकम बुझाएका हुन्। लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएको कास्की प्रहरीले जनाएको छ।

    धरौटी रकम बुझाउनेमा आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ छन्। आरती र मीनालाई ५–५ लाख रुपैयाँ तथा कृष्णलाई १ लाख रुपैयाँ धरौटी माग गरिएको थियो।

    यसैगरी लामिछानेलाई ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, राम खनाललाई १५ लाख धरौटी माग गरिएकोमा जोशी र खनालले पनि धरौटी रकम बैंक ग्यारेन्टीमार्फत बुझाएका छन।

    उनीहरू बिहीबार राती नै हिरासतमुक्त भएका छन्। तर अन्यत्र जिल्लामासमेत मुद्दा भएकाहरुलाई प्रहरीले पुन: पक्राउ गर्न सक्छ वा सम्बन्धित जिल्ला अदालतमा आफै उपस्थित हुनेगरी रिहा हुन पाउने छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend