मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कस्तो भाइरस हो चीनमा देखिएको एचएमपीभी, असर के हुन्छ?

कस्तो भाइरस हो चीनमा देखिएको एचएमपीभी, असर के हुन्छ?

images
२०८१ पौष २५ गते, बिहिवार
२०८१ पौष २५ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएकाले आत्तिनु नपर्ने  जनाएको छ।

    images

    मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

    images

    ‘जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ।

    मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ।

    तथापि  मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ।

    एचएमपीभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

    यस्तै, बिरामीको नजिक/सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ।

    चीनमा १४ वर्ष मुनीका बालबालिकामा संक्रमण बढी 

    चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले विवरणहरूमा जनाएअनुसार खास गरी १४ वर्ष र सोभन्दा कम उमेरका बालबालिकामा उक्त भाइरसको संक्रमण बढिरहेको पाइएको छ। तर अस्पतालहरूमा बिरामी चाप बढेको भन्ने दाबीलाई उनीहरूले अस्वीकार गरेका छन्।

    एउटा व्यक्तिलाई धेरै पटक एचएमपीभी सङ्क्रमण हुन सक्छ। विज्ञहरूका अनुसार पहिलो पटक हुने सङ्क्रमण कडा हुने गर्छ। त्यसपछि रोगप्रतिरोधी क्षमताको विकास भएर उक्त क्षमता बलियो रहुन्जेल पहिलो पटकको भन्दा सङ्क्रमण कमजोर हुन्छ।

    कमजोर रोगप्रतिरोधी क्षमता भएका पाँच वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका वृद्धवृद्धा अथवा श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरू यो भाइरसको बढी जोखिममा हुने बताइएको छ।

    कसरी सर्छ?

    एचएमपीभी विशेषतः संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा त्यसको माध्यमबाट अर्को व्यक्तिमा सर्छ।

    संक्रमित व्यक्तिलाई छुँदा अथवा हात मिलाउँदा वा संक्रमित व्यक्तिले छोएका सामान वा सतह छोएर त्यही हात मुख, नाक वा आँखामा लग्दा पनि सङ्क्रमण हुन सक्छ। एचएमपीभी सामान्यतया चिसो मौसममा फैलिने बताइएको छ।

    यी हुन लक्षण

    संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा यो संक्रमण सर्न सक्छ। नाकबाट पानी बग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, थकान लाग्नु, खोकी लाग्नु, ज्वरो आउनु वा चिसो लाग्नु जस्ता लक्षणहरू यो भाइरसको संक्रमणबाट देखिन्छ। 

    जोगिने कसरी?

    कुनै पनि संक्रमित व्यक्तिबाट टाढा रहनु वा मास्क प्रयोग गर्नु राम्रो हुन्छ। नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ। खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्नु लगायतका उपायहरू अपनाउनुपर्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend