मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन

डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन

images
२०८१ पौष २५ गते, बिहिवार
२०८१ पौष २५ गते, बिहिवार
  • काठमाडौं। चर्चित ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन गरिएको छ।

    images

    नेपाल ज्योतिष परिषद्को २७ औं वार्षिकोत्सव समारोहका अवसरमा बुधबार पशुपतिनाथ मन्दिरका मुलभट्ट रावल गणेश भट्टले पुस्तकको विमोचन गरेका हुन्।

    images

    लामो समयदेखि ज्योतिष शास्त्रको अध्ययन अनुसन्धान एवम् प्रचार प्रसारमा क्रियाशिल डा.सिटौलाका अन्य थुप्रै अनुसन्धानमुलक एवम जानकारीमुलक पुस्तक पनि प्रकाशित छन्।

    पुस्तकमा जातका भरण, जातका लंकार, सिद्धान्त तत्वविवेक, बृहत जातक, बृहत परासर होराशास्त्र, लघु जातक, लघु परासरी, मुहूर्त चिन्तामणि, ज्योतिष रत्नाकर, सुगम ज्योतिष, बृहत संहिता, लाल किताब, मयूर चक्रम्, नारद पुराण, पद्म पुराण, विष्णु पुराण, त्रिकाल जन्मकुण्डली दर्पण तथा भुगुसंहिता, रावण संहिता, हिन्दीमा अनुवादित पाश्चात्य एवं भारतीय फलित शास्त्र र फलित शास्त्रका विशेष अनुभवी ज्योतिषीहरुको पुस्तकको अध्ययन र संकलन गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend