मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नवीकरण `फेल´ स्वास्थ्य संस्थालाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

नवीकरण `फेल´ स्वास्थ्य संस्थालाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

images
२०८१ पौष २५ गते, बिहिवार
२०८१ पौष २५ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्ने तयारी गरेको छ।

    images

    नवीकरण नभएका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि स्वास्थ मन्त्रालयले सूचना जारी गर्दै नगरिए कारवाहीको दायरामा ल्याइने चेतावनी दिएको हो।

    images

    मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरुका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो।

    कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्थाहरु नवीकरणबीना सञ्चालनमा आएको उजुरी पछि मन्त्रालयले परिपत्र गरेको जनाएको छ। इजाजत नवीकरण नगरेका केही संस्थाहरु मापदण्डअनुसार समेत नचलेको उजुरी मन्त्रालयले प्राप्त गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरुले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरुलाई भनेका थिए।

    जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

    मन्त्रालयले इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गर्ने प्रवक्ता बुढाथोकीले बताए। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend