मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा

सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा

images
२०८१ पौष ८ गते, सोमवार
२०८१ पौष ८ गते, सोमवार
  • काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ ।

    images

    अस्पतालले आज(सोमबार)देखि सुरू गरेको ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङलगायतले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

    images

    उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए ।
    उनले भने, ‘मानव शरीर, प्रकृति र ऊर्जा (क्यूआई) को सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिहरूले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ । त्यस्तो विधि नेपालमा पनि सुरू गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई पनि समृद्ध बनाउने विश्वास लिएको छु ।’

    परम्परागत चिनियाँ चिकित्सा हजारौँ वर्ष पुरानो विधि भएको चर्चा गदैँ उनले सिभिल अस्पतालमा सकेसम्म धेरै विधिहरूको प्रयोग गरी विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

    विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे ।
    सो अवसरमा उनले सिभिल अस्पतालको स्थापना र त्यसपछि पनि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता व्यक्त गरे ।

    अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा समेत चिनियाँ सहयोग आवश्यक रहेको चर्चा गदैँ उनले निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।
    उनले भने, ‘यस अस्पतालमा सेवा प्रवाहका निम्ति आउनुभएका चिनियाँ विशेषज्ञहरूलाई धन्यवाद दिन चाहान्छु । इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगलान दिने विश्वास लिएको छु ।’

    यस्तै, उनले सुरू गरिएको सेवालाई सफल बनाउन अस्पतालका स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, मन्त्रालय र सर्वसाधारण सबैको सहयोग आवश्यक रहेको भन्दै अस्पतालको यो नौलो प्रयासलाई सफल बनाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे ।

    उद्घाटन कार्यक्रममा चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, आर्थिक तथा वाणिज्य दूत से यू तथा नेपालको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सह–सचिव मिरा आचार्य र परराष्ट्र मन्त्रालयका उपसचिव मणिराम शर्मालगायत सहभागी थिए ।

    कार्यक्रममा नेपालमा लागि चिनियाँ राजदूत छेन सोङले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    नेपाल सरकारले २०६४ सालमा गठन आदेशमार्फत कानुनी आधार तयार गरेपछि चीन सरकारको मुख्य सहयोगमा सिभिल अस्पताल स्थापना गरिएको थियो । स्थापनापछि पनि चीन सरकारले निरन्तर सहयोग सहयोग गर्दै आइरहेको छ ।

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend