मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एनपीएल विजेता जनकपुरलाई एक करोड १० लाख, सुदूरपश्चिमलाई ५१ लाख रुपैयाँ

एनपीएल विजेता जनकपुरलाई एक करोड १० लाख, सुदूरपश्चिमलाई ५१ लाख रुपैयाँ

images
२०८१ पौष ६ गते, शनिवार
२०८१ पौष ६ गते, शनिवार
  • काठमाडौँ । प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो । 

    images

    १८५ रनको चुनौती जनकपुरले १९।२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । त्यस्तै कप्तान आसिफ शेखले १९ बलमा ३३ तथा हर्ष ठाकेरले रन बनाए । कमजोर बलिङ गरेको सुदूरपश्चिमका स्कट कुग्गेलजिन, दिपेन्द्र सिंह ऐरी, सैफ जैब र इशान पाण्डेले १–१ विकेट लिए । 

    images

    यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । पहिलो १०।१ ओभरमा १०३ रन बनाएको सुदूरपश्चिमले दोस्रो दश ओभरमा भने अपेक्षाअनुसार रन जोड्न सकेन । 

    पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेको सुदूरपश्चिमका लागि सैफ जैबले ४३ बलमा ६९ रन बनाए । त्यस्तै विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए । 

    त्यसबाहेक सुदूरपश्चिमका खेलाडीहरुले खासै उल्लेखनीय ब्याटिङ गरेनन् । किशोर महतोले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित राजबंशीले १ विकेट लिएका छन् । ललित र सुदूरपश्चिमका स्कटले लिगकै सर्वाधिक समान १७ विकेट लिएका छन् । 

    यसअघिका दुवै भिडन्तमा सुदूरपश्चिमले जनकपुरलाई हराएको भए पनि फाइनलमा जनकपुरले बदला लिएको हो । 

    जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ८ विकेटले पराजित भएको थियो भने लिग चरणमा ७२ रनले पराजित भएको थियो । 

    बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल पुगेसँगै सुदूरपश्चिमसँग उपाधि भिडन्त गरेको थियो । 

    उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ जितेको छ । सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पाएको छ । 

    तेस्रो भएको कर्णाली याक्सले २५ लाख तथा चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पाएको छ । 

    त्यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले कार पुरस्कार पाएका छन् । नेपाली खेलाडीहरुमा सर्वोत्कृष्ट खेलाडी बन्दै उनले कार पाएका हुन् । नेपाल क्रिकेट संघ क्यानले सर्वोत्कृष्ट एक नेपाली खेलाडीलाई कार दिने घोषणा गरेको थियो ।

    एनपीएलका सर्वोत्कृष्ट बलर जनकपुर बोल्ट्सका ललित राजबंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । 

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend