मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एमालेले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

एमालेले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

images
२०८१ आश्विन २१ गते, सोमवार
२०८१ आश्विन २१ गते, सोमवार
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।

    images

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले ५० लाख रकमको चेक हस्तान्तरण गरेका हुन्।

    images

    सो चेक बुझ्दै प्रधानमन्त्री ओलीले सबैले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए। उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेकोसमेत स्पष्ट गरे।

    एमालेको १५ असोजमा बसेको सचिवालय तथा संसदीय दलको बैठकले बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि भन्दै कोषमा ५० लाख रुपैयाँ र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निणर्य गरेको थियो।

    त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठलगायतका नेताहरु सहभागी थिए। आइतबार नै कांग्रेसले पनि कोषमा ५० लाख सहयोग गरेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend