काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
मंसिर १५ गते सञ्चालन भएको लाइसेन्सको लिखित परीक्षामा सातै प्रदेशबाट १ लाख १९ हजार ६९९ जनाले परीक्षा दिएकोमा १० हजार ९७४ जना पास भएका छन्। जुन ९.१७ प्रतिशत हो।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशबाट १८ हजार ६६२ परीक्षार्थीले परीक्षा दिएकोमा दुई हजार ८२ जना उत्तीर्ण भएका छन्। जुन ११.१६ प्रतिशत हुन आउँछ।
त्यस्तै मधेस प्रदेशबाट १९ हजार ३० जनाले परीक्षा दिएकोमा १ हजार ४२१ पास भएका छन्। जुन ७.४७ प्रतिशत हुन आउँछ।
बागमती प्रदेशबाट १४ हजार ३ जनाले परीक्षा दिएकोमा १ हजार ६८३ पास भएका छन्। जुन १२.०२ प्रतिशत हुन आउँछ।
त्यस्तै गण्डकी प्रदेशबाट ८ हजार २२९ जनाले परीक्षा दिँदा ९२७ जना पास भएका छन्। जुन ११.२७ प्रतिशत हुन आउँछ।
लुम्बिनी प्रदेशबाट २२ हजार ७९२ जनाले परीक्षा दिएकोमा २ हजार ३१३ पास भएका छन्। जुन १०.१५ प्रतिशत हुन आउँछ।
कर्णाली प्रदेशबाट २० हजार ४९८ जनाले परीक्षा दिएकोमा १ हजार ४४९ पास भएका छन्। जुन ७.०७ प्रतिशत हुन आउँछ।
त्यस्तै सुदूरपश्चिम प्रदेशबाट १६ हजार ४८५ जनाले परीक्षा दिएकोमा १ हजार ९९ जना पास भएका छन्। जुन ६.६७ प्रतिशत हुन आउँछ।



