मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबी लामिछाने बिरगंजमा, पुग्ने बित्तिकै बयान सुरु

रबी लामिछाने बिरगंजमा, पुग्ने बित्तिकै बयान सुरु

images
२०८१ मंसिर २४ गते, सोमवार
२०८१ मंसिर २४ गते, सोमवार
  • बिरगंज। सोमबार सिमराहुँदै पर्साको बिरगंज ल्याइएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा प्रहरीले मौखिक बयान लिएको छ।

    images

    सहकारी रकम हिनामिनाबारे अनुसन्धानका क्रममा लामिछानेलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज ल्याइएको हो। प्रहरीले लामिछानेलाई बिरगंज ल्याइए लगत्तै सामान्य सोधपुछ गरेको जानकारी दिएको हो।

    images

    लामिछानेको औपचारिक बयान भने मंगलबारदेखि लिइने प्रहरी तयारी छ। जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय गरी मंगलबार औपचारिक बयान लिइने पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेललेले जानकारी दिएका हुन।

    लामिछानेलाई जिल्ला प्रहरी कार्यालयकै भीआईपी बस्ने कोठामा सुत्ने व्यवस्था गरिएको छ। प्रहरीका उच्च तहका हाकिमहरु बिरगंज आउदा राखिने भीआइपी कोठामा राखिएको हो।

    वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा सभापति लामिछानेको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले जिल्ला अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जीको माग गरेको थियो।

    सोही आधारमा पर्सा जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनी कास्की प्रहरीको हिरासतमा रहँदै आएका छन। बिरगंजबाट बयान सकेर उनलाई कास्की नै फिर्ता लाने प्रहरीको तयारी छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend