मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिरियामा नेपाली सेनाको अवस्था बारे बोल्यो सेना

सिरियामा नेपाली सेनाको अवस्था बारे बोल्यो सेना

images
२०८१ मंसिर २४ गते, सोमवार
२०८१ मंसिर २४ गते, सोमवार
  • काठमाडौं। संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले आज प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो।

    images

    इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरियामा कब्जा गरिसकेको छ। उक्त क्षेत्रमा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मङ्सिर २२ गते संयुक्त राष्ट्र सङ्घको ‘यूएनडिओएफ’ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी उक्त समूह जबरजस्ती प्रवेश गरेको थियो।

    images

    उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित अवस्थामा रहेको सेनाले जनाएको हो।

    “उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्र्तगत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ”, नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend