काठमाडौं। काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला जलाउन निषेध गरेको छ।
वायुप्रदुषण बढेको भन्दै काठमाडौ महानगरपालिकाले खुला रुपमा फोहोर मैला बाल्न निषेध गरेको हो।
यदि कसैले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने महानगरले जनाएको छ।
सोमबार एक सूचना जारी गर्दै महानगरले सो बारे महानगरवासीलाई जानकारी सहित सचेत गराएको हो।
महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ।



