मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

२४ घण्टामा ११ ठाउँमा आगलागी

२४ घण्टामा ११ ठाउँमा आगलागी

images
२०८१ मंसिर २१ गते, शुक्रवार
२०८१ मंसिर २१ गते, शुक्रवार
  • काठमाडौं। नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ।

    images

    काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जनावरको आक्रमणबाट अन्य  दुई जना पनि घाइते भएका छन्।

    images

    प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आगलागीका घटना बढ्न थालेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन्।

    उनका अनुसार कतिपय स्थानमा विद्युत् चुहिएर आगलागी भएका छन् भने कतिपय स्थानमा सिलिण्डरबाट पनि आगलागी भएका छन्। केही ठाउँमा असावधानीबस आगलागीका घटना हुने गरेका छन्।

    काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलमा धरान नपा–४ घर भएका एक व्यक्तिको घरमा ग्याँस चुहिएर आज भएको आगलागीमा उनीसहित तीन जना घाइते भएको प्राधिकरणले जनाएको छ। यस्तै इलाममा पनि विद्युत् चुहावट हुँदा भएको आगलागीमा एक जना घाइते भएका छन्।

    प्राधिकरणका अनुसार तेह्रथुमस्थित एक घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडासहित रु १२ लाखभन्दा बढीको क्षति भएको छ।

    यस्तै, सङ्खुवासभा, सप्तरी, रौतहट, झापा, बाँके, अछाममा पनि आगलागीबाट लाखौँको धानमाल क्षति भएको प्राधिकरणले जानकारी दिएको छ।

    यसअघि बिहीबार भएको आगलागीबाट चार जना घाइते भएका थिए। सबै आगलागीबाट अनुमानित रु २५ लाखको क्षति भएको विवरण प्राप्त भएको प्रवक्ता डा भट्टराईले जानकारी दिए।

    प्राधिकरणले दिएको जानकारीअनुसार ललितपुरमा कुकुरले टोकेर एक जना र बाँकेमा आफैँले पालेको गोरुले हानेर अर्का एकजना पनि घाइते भएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend