मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चाप बढेपछि ९५ कैदीबन्दीको सरुवा

चाप बढेपछि ९५ कैदीबन्दीको सरुवा

images
२०८१ मंसिर २१ गते, शुक्रवार
२०८१ मंसिर २१ गते, शुक्रवार
  • चितवन। चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा सरुवा गरिएको छ।

    images

    कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार साउनमा १६, असोजमा एक र मङ्सिरमा ७९ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ। साउनमा ८ जनालाई रसुवा, १ जनालाई गोरखा, १ जनालाई तनहुँ र ६ जनालाई केन्द्रीय कारागार काठमाडौँ पठाइएको उनले बताए।

    images

    यस्तै मंसिरमा स्थानान्तरण गरिएका ७९ कैदीबन्दीलाई नुवाकोट कारागार पठाइएको प्रमुख आचार्यले जानकारी दिए।

    स्थानान्तरण गर्नुअघि चितवन कारागारमा ८१९ कैदीबन्दी रहेका थिए। जसमा ७७२ पुरुष र ४७ महिला रहेका थिए। मंसिरमा स्थानान्तरण गरिएकामध्ये २ महिला र ७७ पुरुष रहेको प्रमुख आचार्यले बताए।

    अहिले कारागार कार्यालयमा ७५६ कैदीबन्दी छन्। जसमा ७०३ पुरुष र ५३  महिला रहेका छन् । उनीहरुसँग आश्रित तीन बालबालिका रहेका छन्।

    २५५ पुरुष र २५ महिला कैदीबन्दी राख्ने क्षमता भएको चितवन कारागारमा न्यायिक तथा अर्धन्यायिक निकायबाट आउने कैदी तथा बन्दीको संख्याभन्दा कैद म्याद सकिनेको संख्या कम भएकाले स्थानान्तरण गर्न बाध्य भएको प्रमुख आचार्यले बताए।

    पछिल्ला दिनमा लागुऔषध सम्बन्धि कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ। कारगारमा छिमेकी जिल्ला नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) बाटसमेत कैदीबन्दी आउने हुँदा चाप बढेको हो।
     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend