मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल : डेढ सय अन्तरास्ट्रिय उडान, ४ हजार ७७१ को हवाइ यात्रा

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल : डेढ सय अन्तरास्ट्रिय उडान, ४ हजार ७७१ को हवाइ यात्रा

images
२०८१ मंसिर २१ गते, शुक्रवार
२०८१ मंसिर २१ गते, शुक्रवार
  • मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन्। यस क्रममा झण्डै ५ हजार जनाले हवाई यात्रा गरेका छन्।

    images

    गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म ४ हजार ७७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

    images

    उनका अनुसार एक महिनाको अवधिमा फ्लाई दुबईले सर्वाधिक उडान भरेको छ। तर यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै ३ हजार ३४ यात्रुलाई सेवा दिएको छ। यस्तै फ्लाई दुबईले १ हजार ११३ यात्रु भैरहवा ओरालेको र भैरहवाटबा १९ जनालाई दुबई लगेको तथ्याङ्क छ।


    गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ एक महिनामा २ हजार दुई सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने दुई हजार ५३३ यात्रु भैरहवा ओर्लिएका छन्। साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४६७ यात्रु उडेको महाप्रबन्धक तिवारीले जानकारी दिए।

    एक महिनामा कूल १५६ उडान/अवतरण भएका विमानस्थलले जनाएको छ। थाइ एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको छ भने कतारले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको छ।

    महाप्रबन्धक तिवारीका अनुसार पर्यटकीय उद्देश्यलेभन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको पाइएको छ। अर्कोतर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस एयरलाइन्सभन्दा धेरै यात्रु बोकेको अध्ययनले देखाएको छ।

    सिधा र लो–कस्ट एयरलाइन्स, त्यसमा पनि श्रम गन्तव्य धेरैको छनोटमा रहेको पाइएको हुँदा वायुसेवा कम्पनीले बिजनेसलाई प्राथमिकता दिने भएकाले आगामी दिनमा यसैका आधारमा मार्केटिङ र विजनेस अनुकूल रणनीति बनाउनुपर्ने आवश्यकता रहेको विमानस्थलको निष्कर्ष छ।

    पछिल्ला दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई दिगो र प्रभावकारी बनाउन सङ्घीय र प्रदेशस्तरीय मन्त्रीदेखि विभिन्न सरोकारवाला निकाय एवं सङ्घसंस्थासँग नियमितजसो छलफल र अन्तरक्रिया भइरहेको विमानस्थलले जनाएको छ।
     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend