मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भरतपुर अस्पतालमा `कपडा बैंक´

भरतपुर अस्पतालमा `कपडा बैंक´

images
२०८१ मंसिर २० गते, बिहिवार
२०८१ मंसिर २० गते, बिहिवार
  • चितवन। भरतपुर अस्पतालले विपन्न बिरामी र कुरुवालाई लक्षित गरी ‘कपडा बैंक’ स्थापना गरेको छ। दिनसक्नेले कपडा दान गर्ने र विपन्नले लैजान सक्ने गरी बैंक स्थापना गरिएको हो।

    images

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो। उनले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताए।

    images

    “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन्, कतिपय सानो वा ठूला भएका हुन्छन्, त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ।” पौडेलले भने।

    कपडा बैंकको ब्यवस्थापनका लागि अस्पतालका सर्जन डा. दीपेन्द्र न्यौपानेको नेतृत्वमा रामहरि ढकाल र प्रभा गुरुङ सदस्य रहेको समिति बनाइएको छ। डा.न्यौपानेले नयाँ कपडा किनेर पनि दान गर्न सकिने बताए।

    उनले भने, “ग्रामीण भेगका विपन्न बिरामी र कुरुवा लुगलुग काँप्दै आउनुहुन्छ, सबैलाई हामीले दिएर मात्रै पुग्दैन, सबैले दान गर्न मिलोस् भनेर बैंक सञ्चालन गरेका हौं।”

    भरतपुर संघीय सरकारी अस्पताल हो। यहाँ चितवनसहित छिमेकी २२ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन्। गाउँगाउँबाट उपचारका लागि आउने विपन्न बिरामीको संख्या यहाँ उल्लेख्य हुने गर्दछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend