मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गृहमन्त्रीको नक्कली पिए पक्राउ

गृहमन्त्रीको नक्कली पिए पक्राउ

images
२०८१ मंसिर २० गते, बिहिवार
२०८१ मंसिर २० गते, बिहिवार
  • काठमाण्डौं। गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै हिड्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी/प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

    images

    प्रहरीका अनुसार गृहमन्त्री लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो।

    images

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

    नक्कली पिए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले ती ब्यक्तिउपर कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए।

    गृहमन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो।

    नक्कली पिएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो। गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए/सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend