मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आपूर्ति सचिव र आयल निगमका कार्यकारी निर्देशक नयाँ बन्ने लुम्बिनी प्रादेशिक डिपो परियोजनाको निरीक्षणमा

आपूर्ति सचिव र आयल निगमका कार्यकारी निर्देशक नयाँ बन्ने लुम्बिनी प्रादेशिक डिपो परियोजनाको निरीक्षणमा

images
२०८१ मंसिर १९ गते, बुधवार
२०८१ मंसिर १९ गते, बुधवार
  • काठमाडौं। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचीव र नेपाल आयल निगमका कार्यकारी निर्देशक आयल निगमको नयाँ बन्ने लुम्बिनी प्रादेशिक डिपो परियोजनाको निरिक्षणमा पुगेका छन।

    images

    मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्की र आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट 
    रोहिणी नदि किनारमा बन्दै गरेको भण्डारण क्षमता वृद्धि परियोजनाको निरिक्षणमा पुगेका हुन। नयाँ बन्ने डीपोको लागत ३ अर्ब २० करोड हुनेछ।

    images

    आयल निगमको ४० वर्ष पुरानो भलबारी डीपो स्थानान्तरण गरी सो स्थानमा नयाँ अत्याधुनिक डिपो बन्दैछ। डिपोका लागि काठमाडौ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको भैसकेको छ।

    तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ।

    डीपीआर निर्माणका लागि केही दिनअघि काठमाडौ विश्वविद्यालयको इन्जिनियरिङ विभागसँग निगमले भैरहवाको निर्माणाधीन आयोजना स्थलमा डीपीआर सम्झौता गरेको थियो।

    डीपीआरको लागत १ करोड ९५ लाख ७६ हजार ५७८ रुपैयाँ छ। नयाँ बन्ने डीपो १४ बिगाहा र अन्य गरि २१ बिगाहा क्षेत्रफलमा रहनेछ। रुपन्देहीस्थित रोहिणी गाउँपालिका र सत्या गाउँपालिकाको सिमानामा पर्ने रोहिणी खोला किनारमा डीपो बन्ने छ।

    डीपीआर सम्झौतामा आयल निगमका उपनिर्देशक तथा हवाइ इन्धन डीपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप यादव र काठमाडौ विश्वविद्यालय इन्जिनियरिङ विभागका कन्सल्टेन्सी विभाग प्रमुख इन्जिनियर विवेक बरालले हस्ताक्षर गरेका थिए।

    डीपो निर्माण गर्न पहिलो चरणमा जग्गा सम्याउने र रिटेनिङ वाल (पर्खाल) लगाउने काम भइरहेको हो। सो काममा रोहिणी खोलामा आएको बाढीले केही अवरोध गरे पनि अब भने बाढीको प्रभाव घटेकाले पहिलो चरणका सबै काम सम्पन्न गर्ने आयोजनाको तयारी छ।

    भण्डारण गृहको निर्माणका लागि परियोजनामा संलग्न इन्जिनियर अंकित रिमालका अनुसार जग्गा सम्याउने र वाल लगाउने गरी करिब ९० प्रतिशत काम हालसम्म सम्पन्न भइसकेको छ।

    हाल निर्माण हुने डिपो भन्दा पुरानो डिपो १५ किलोमिटरको दुरी छ। नयाँ बन्ने डिपो भैरहवाको ओमसत्या गाउँपालिका ५ र रोहिणी गाउँपालिका ३ भित्र बन्नेछ। ओमसत्या गाँउपालिकामा ७० प्रतिशत जग्गा पर्छ भने रोहिणी गाउँपालिकामा ३० प्रतिशत पर्छ। सो जमिन निगमले २०७३ सालमा खरीद गरेको थियो।

    निगमको भलवारीको भण्डारण गृह भने चालीस वर्ष पुरानो हो। सो भण्डारण गृहको क्षेत्रफल कम छ भने धेरै गाडीको चाप हुँदा असुरक्षित मानिन्छ। सो भण्डारण गृह बस्तीको बीचमा भएकालेसमेत असुरक्षित मानिएर त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको हो।

    भलबारी डीपोमा ५१९ किलोलिटर क्षमताको पेट्रोल स्टोरेज ट्यान्की छ भने डिजेलको ३ हजार ४० किलोलिटर तथा मट्टीतेलको १४० किलोलिटर क्षमताको ट्यांकी छ। हालको भण्डारण क्षमताले पेट्रोल २ दिन तथा डिजेल ५ देखि ६ दिनका लागि मात्र माग धान्न सक्ने क्षमता छ।

    हाल निर्माण भइरहेको नयाँ भण्डारण गृह बन्दा लुम्बिनी प्रदेश भरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्यांकी बन्ने छ।

    जहाँ तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्यांकीमा कुल ९ हजार किलोलिटर क्षमताको डिजेल भण्डार गृह, ७६० किलोलिटर अटाउने तीन वटा भर्टिकल ट्यांकीमा २२ सय ८० किलोलिटर पेट्रोल तथा २५० किलोलिटर क्षमताको दुई भर्टिकल ट्यांकीमा कुल ५ सय किलोलिटरको मट्टीतेल भण्डार गृह बन्नेछ। डीपो भित्र १५० वटा टैंक ट्रक सजिलै आवतजावत गर्न सक्ने ठूलो क्षमताको पार्किङ स्थल पनि हुनेछ।

    अमेरिकन पेट्रोलियम ईन्स्टिच्युट (एपीआई) को मापदण्डलाई पुर्ण पालना गरि बन्ने डीपोमा नवीन सुरक्षा प्रणाली जडान हुनेछ भने पुर्ण अटोमेसनमा आधारित हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend