काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको छ।
आज बिहान उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएकोमा सफलतापुर्वक शल्यक्रिया सम्पन्न भएको र अवस्था सामान्य रहेको जानकारी दिएका हुन।



