मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

images
२०८३ आश्विन २४ गते, शनिवार
२०८३ आश्विन २४ गते, शनिवार
  • चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन्।

    images

    अस्पताल सञ्चालक समितिको शुक्रबार बसेको अस्पताल सञ्चालक समितिको बैठकले डा. आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल तीन वर्ष हुनेछ।

    images

    यसअघि पनि डा. आचार्य २०७४ साल बैशाख २४ गते देखि तीन वर्षसम्म सो अस्पतालको कार्यकारी निर्देशक थिए। योसहित उनी दोस्रो पटक अस्पतालको कार्यकारी निर्देशक बनेका हुन्।

    अस्पतालका बरिष्ठ प्रशासक एवं सूचना अधिकारी गृहीनारायण महतोका अनुसार उनी खुला प्रतिस्पर्धाबाट चुनिएका हुन्।

    कार्यकारी निर्देशक छनौट गर्न गठित समितिले गत विहीबार आवेदकहरुसँग अन्तर्वार्ता लिएको थियो। त्यसमा डा. आचार्यसहित डा. अजयकुमार झा, डा. उमेश नेपाल, डा. कृष्णसागर शर्मा, डा. गुरूशरण साह, डा. प्रदीप थापा र डा. रञ्जनभक्त भण्डारीले आवेदन दिएका थिए।

    तिनै मध्येबाट डा. आचार्यलाई अस्पतालको कार्यकारी निर्देशक चयन गरिएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend