काठमाडौं। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला १५औँ महाधिवेशनस्थल पुगेकी छन्। सभापति पदका उम्मेदवार गगनकुमार थापालाई समर्थन गर्दै आएकी कोइराला शुक्रबार महाधिवेशनस्थल पुगेकी हुन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला कोइराला महाधिवेशनस्थल पुगेकी हुन्। कोइराला गगन थापाको पक्षमा उभिँदै आएकी छन्।
कोइरालाका भाइ डा. शशांक कोइराला र नेता डा. शेखर कोइराला भने फरक राजनीतिक गतिविधिमा सक्रिय रहेका बेला सुजाताले थापालाई साथ दिँदै आएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्दैछन्। मतदानको समय बढाएर आज साँझ ५ बजेसम्म पुर्याइएको छ।



