मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

images
२०८३ आश्विन २३ गते, शुक्रवार
२०८३ आश्विन २३ गते, शुक्रवार
  • दाङ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छिन्।

    images

    प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उनले उक्त सेवाको शुभारम्भ गरेकी हुन्।

    images

    क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा विस्तार हुने अपेक्षा गरिएको छ।

    यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी उपचारका लागि टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    उद्घाटन कार्यक्रममा मन्त्री मेहताले क्याथ ल्याब सेवा सञ्चालनले यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्।

    उनले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।

    प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत कार्यक्रममा छलफल भएको थियो।

    मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार र स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend