मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मरिणमा निःशुल्क आँखा शिविर, ११ जनामा मोतिबिन्दु पहिचान

मरिणमा निःशुल्क आँखा शिविर, ११ जनामा मोतिबिन्दु पहिचान

images
२०८३ आश्विन २२ गते, बिहिवार
२०८३ आश्विन २२ गते, बिहिवार
  • सिन्धुली। मरिण गाउँपालिका–२ मुंग्रेदोभानमा आयोजित निःशुल्क मोतिबिन्दु छनौट शिविरमा ८१ जनाको आँखाको परीक्षण गरिएको छ। परीक्षणका क्रममा ११ जनामा मोतिबिन्दु पहिचान भएको छ।

    images

    नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको आयोजनामा भएको शिविरमा पहिचान भएका मोतिबिन्दुका बिरामीको आगामी २०८३ कार्तिक १३ र १४ गते नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा निःशुल्क शल्यक्रिया गरिने छ।

    images

    शिविरमा आँखा परीक्षणसँगै अन्य आँखासम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो।

    नेपाल रेडक्रस सोसाइटी कपिलाकोट उपशाखा र मरिण गाउँपालिका–२ को स्थानीय सहयोगमा सञ्चालन भएको शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, Nge Alik and Tee and Zhang Wen’s Family Singapore, Good Vision Nepal तथा जानकी आँखा अस्पताल जनकपुरको सहयोग रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend