मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढी प्रभावित क्षेत्रमा गंगालालद्वारा निःशुल्क मुटु परीक्षण

बाढी प्रभावित क्षेत्रमा गंगालालद्वारा निःशुल्क मुटु परीक्षण

images
२०८३ आश्विन २२ गते, बिहिवार
२०८३ आश्विन २२ गते, बिहिवार
  • काठमाडौं। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बाढी प्रभावित क्षेत्रमा पुगेर नागरिकको निःशुल्क मुटु परीक्षण गरेको छ।

    images

    केन्द्रले नुवाकोटका विदुर ५ अन्तर्गत देविघाट, पिपलटार, बेलकोटगढी–८, लिखु गाउँपालिका–२ र ३, बट्टार बजार, सूर्यगढी गाउँपालिका, विदुर–३ सिर्खाली तथा बुहुनिबेँसीलगायत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

    images

    शिविरमा २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये १९० जनाको इकोकार्डियोग्राफी र १०० जनाको इलेक्ट्रोकार्डियोग्राम परीक्षण गरिएको केन्द्रले जनाएको छ।

    बाढीबाट प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भएका नागरिकलाई लक्षित गर्दै केन्द्रले प्रभावित क्षेत्रमा नै पुगेर विशेषज्ञसहितको टोलीमार्फत निःशुल्क मुटु परीक्षण सेवा प्रदान गरेको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend