मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको नेतृत्वमा छलफल

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको नेतृत्वमा छलफल

images
२०८३ आश्विन २२ गते, बिहिवार
२०८३ आश्विन २२ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी,व्यवस्थित र दीगो बनाउने विषयमा छलफल भएको छ।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुधबार भएको छलफलमा स्वास्थ्य सचिव डा.विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए।

    images

    छलफलमा टेलिमेडिसिन सेवालाई दीगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति तथा संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो।

    सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिलाई छुट्टै व्यवस्थापन गर्दै सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

    त्यस्तै, टेलिमेडिसिनमार्फत प्रदान हुने सेवाको रेकर्ड तथा अभिलेख व्यवस्थित गर्ने, बिरामीको विवरण सुरक्षित राख्ने र परामर्शसम्बन्धी जानकारीको व्यवस्थित अभिलेखीकरण गर्ने विषयमा छलफल भएको थियो।

    बैठकमा टेलिमेडिसिन सेवा विस्तारसँगै भविष्यमा आउन सक्ने सम्भावित समस्या तथा चुनौतीको पहिचान गरी त्यसको समाधानका लागि पूर्वतयारी गर्नुपर्नेमा समेत जोड दिइएको थियो।

    विशेषगरी सेवा लिने व्यक्तिको पहिचान प्रमाणीकरणलाई विश्वसनीय र व्यवस्थित बनाउने तथा टेलिमेडिसिन सेवाप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकताका साथ छलफल गरिएको थियो।

    मन्त्री मेहताले टेलिमेडिसिन सेवालाई प्रविधिमा आधारित सेवा मात्र नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताउँदै सेवाको विश्वसनीयता र गुणस्तर कायम गर्न आवश्यक व्यवस्था मिलाउन जोड दिइन्।

    बैठकमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत, प्राविधिक तथा व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी कार्ययोजना अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend