मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विशेषज्ञ नहुँदा मुटुको जाँचका लागि ल्याइएको उपकरण थन्कियो

विशेषज्ञ नहुँदा मुटुको जाँचका लागि ल्याइएको उपकरण थन्कियो

images
२०८१ मंसिर १९ गते, बुधवार
२०८१ मंसिर १९ गते, बुधवार
  • हेटौंडा। हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ। उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ।

    images

    बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रु १ करोड मूल्य बराबरको मुटुपरीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो।

    images

    अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पतालाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। 

    सुपरिटेन्डेन्ट डा सापकोटाले भने, “हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एक जनाले मात्र आवेदन भर्नुभयो। तर, उहाँलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन।”

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबीच केही दिनअघि जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएकाले शीघ्र समस्या समाधान हुने उनको विश्वास छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend