काठमाडौं। स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
उनी देशभरमा नै स्थानीय तह निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तर्फबाट वडामा उम्मेदवार बनेर निर्वाचित हुने पहिलो ब्यक्ति हुन।
मंगलबार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए। उनी रास्वपाबाट काठमाडौ १६ मा उमेदवार बनेकी थिइन्।
सो वडामा २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पद्मा नेपाली कांग्रेसका उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएक थिए। उनको २०८० भदौ २१ गते निधन भएपछि रिक्त पदका लागि सो वडामा उपनिर्वाचन भएको थियो।
यसपटक भने रास्वपा बाट उम्मेदवार बनेकी श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन।



