काठमाडौँ। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरु मध्येबाट चार जना न्यायाधीश सिफारिसमा परेका छन्।
आज मंगलबार बसेको न्याय परिषदको बैठकले सर्बोच्च अदालतमा रिक्त चार न्यायाधीशहरूमा उच्च अदालतका न्यायाधीशहरु मध्येबाट न्यायाधीश सिफारिस गरिएको हो। परिषद स्रोतका अनुसार कानुन व्यवसायीबाट यसपटक सर्वोच्चमा न्यायाधीश परेनन्।
सिफारिसमा पर्ने न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्यन्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधिश चन्द्रबहादुर सारु, उच्चकै न्यायाधिश जनक पाण्डे र गोकर्ण डाँगी छन्।



