काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा नेफिकल ब्यवसायी डा. सुनिल शर्माले कांग्रेस महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
शर्माले कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत निर्वाचन समितिको कार्यालय राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनी मोरङ क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित बनेका थिए। उनी १४औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
डा. शर्माले दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्



