मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रोकिएन कोशीमा कांग्रेस इतरको भेला, गृह जिल्लामा डा. शेखरको शक्ति प्रदर्शन

रोकिएन कोशीमा कांग्रेस इतरको भेला, गृह जिल्लामा डा. शेखरको शक्ति प्रदर्शन

images
२०८१ मंसिर १८ गते, मंगलवार
२०८१ मंसिर १८ गते, मंगलवार
  • काठमाडौ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाको अग्रसरतामा कोशी प्रदेशमा आयोजना गरिएको प्रदेश स्तरीय भेला केन्द्रको सर्कुलरका बाबजुद पनि चल्यो।

    images

    कोशीका जिल्ला सभापतिलाई कांग्रेसको केन्द्रीय कार्यालयबाट भेलामा सहभागी नहुन उर्दी जारी गरिएको भएपनि भेला रोकिएन। कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलको हस्ताक्षरमा पठाइएको पत्रमा मंसिर २२ गते अघि कोशीमा कुनै कार्यक्रम नरहेको भनिएको थियो। तर कोइरालाले गृह जिल्लामा कार्यक्रम आयोजना गरेर शक्ति प्रदर्शन गरे।

    images

    मंगलबार कोइराला समुहको कोशी प्रदेशस्तरीय भेलामा कोशीका १३७ मध्ये ११३ पालिकाका सभापति सहभागी भएको दाबी गरिएको छ।

    विराटनगरको जैनभवनमा सम्पन्न भेलामा नेता डा शेखर कोइरालालाई पार्टीको नेतृत्वमा ल्याउनु पर्ने आवाज उठेको छ। कोइरालालेसमेत १५औं महाधिवेशनपछि पार्टीमा कसैले दु:ख बोग्नु नपर्ने भन्दै समयमा नै महाधिवेशन हुनु पर्ने बताए।

    कोइरालाले पालिका सभापतिहरुलाई कुनै पनि किसिमका धाकधम्कीबाट नडराउन भन्दै आस्वस्थ समेत पारे। उनले नेता कार्यकर्ताको संरक्षणमा आफूले कुनै कसर बाँकी नराख्ने बताए।

    `तपाईहरु आउनुभएको छ, कुनै धाकधम्की बाट नडराउनुहोस्, संरक्षणको जिम्मा मेरो हो," कोइरालाले कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै भने।

    कार्यक्रममा नेताहरु डा मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, डा सुनिल शर्मा, राजीव कोइराला, केदार कार्कीलगायत सहभागी थिए।

    भेलामा ६१ जना पालिका सभापति सहभागी भएको संस्थापन पक्षको दाबी छ। तर कोइराला पक्षले भने ११३ पालिकाका सभापति सहभागी भएको दाबी गरेका छन। संस्थापक पक्षले भने २२ गते भेलाको आयोजना गरेको छ।

    कार्यक्रमका लागि गएका बिरगंज, ललितपुर र भरतपुरका  नगरसभापती भने कार्यक्रममा सहभागी नभइ फर्किएको बताइएको छ। तर काठमाडौ महानगरका सभापति निलकाजी शाक्य भने भेलामा सहभागी भएका छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend