मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नुवाकोटमा मानसिक स्वास्थ्य र मनोवैज्ञानिक सहायता सम्बन्धी अभिमुखीकरण

नुवाकोटमा मानसिक स्वास्थ्य र मनोवैज्ञानिक सहायता सम्बन्धी अभिमुखीकरण

images
२०८३ आश्विन २० गते, मंगलवार
२०८३ आश्विन २० गते, मंगलवार
  • नुवाकोट। नेपाल रेडक्रस सोसाइटीले नुवाकोटमा नसर्ने रोग, मानसिक स्वास्थ्य, मनोवैज्ञानिक सहायता सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ।

    images

    बाढी प्रभावित क्षेत्रका व्यक्ति, परिवार, समुदाय, विद्यालय र विभिन्न होल्डिङ सेन्टरमा रहेका मानिसहरूलाई नसर्ने रोग, मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग प्रदान गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

    images

    आइतबार र सोमबार गरि दुई दिन सञ्चालन भएको अभिमुखिकरणमा नुवाकोटका २० जना, रसुवाका ९ जना र धादिङका १० जना गरी स्थानीय ३९ जना स्वयंसेवकहरूको सहभागिता रहेको थियो।

    स्वयंसेवकहररूले प्रभावित व्यक्तिहरूको घर घरमा पुगेर मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगका गतिविधिहरू सञ्चालन गर्नेछन् भने आवश्यकताका आधारमा परामर्श सेवा, मनोसामाजिक सहयोग र थप विशेषज्ञ सेवा आवश्यक भएमा सम्वन्धित निकायमा जोड्ने कार्य गर्ने छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend