मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

७४ जिल्लामा फैलियो स्क्रब टाइफस

७४ जिल्लामा फैलियो स्क्रब टाइफस

images
२०८३ आश्विन २० गते, मंगलवार
२०८३ आश्विन २० गते, मंगलवार
  • काठमाडौं । स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ । संक्रमणबाट हालसम्म सात जनाको मृत्यु भएको छ ।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो नौ महिनामा ७४ जिल्लाका नौ हजार ९२३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो तथ्यांक सन् २०२६ जनवरी १ देखि अक्टोबर १ सम्मको हो ।

    images

    स्क्रब टाइफसको संक्रमण सामान्यतया झाडी, घाँस, खेतबारी र वनजंगलमा पाइने माइटका कारण यो रोग सर्छ ।

    महाशाखाको रिपोर्टअनुसार सबैभन्दा बढी संक्रमण लुम्बिनी प्रदेशमा देखिएको छ ।

    लुम्बिनीमा दुई हजार ७७९ संक्रमित भेटिएका छन् । सुदूरपश्चिममा एक हजार ९४७, गण्डकीमा एक हजार ८६४, वाग्मतीमा एक हजार २२६, कोसीमा एक हजार १३२, कर्णालीमा ७२९ र मधेसमा २४६ जनामा संक्रमण पुष्टि भएको हो ।

    जिल्लागत रूपमा दाङ सबैभन्दा बढी प्रभावित देखिएको छ । दाङमा ६२४ जनामा संक्रमण पुष्टि हुँदा स्याङ्जामा ५१३, बझाङमा ४५६, संखुवासभामा ४३८, पाल्पामा ३९६, धादिङमा ३४०, बर्दियामा ३२३, गोरखामा ३१९, दार्चुलामा ३१२ र सल्यानमा ३०५ जना सङ्क्रमित भएका छन् । यी जिल्लामा मात्रै चार हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

    स्क्रब टाइफस टिगर माइट ओरिएन्टिया सुसुगामुस नामक जीवाणुका कारण हुने संक्रमण हो । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२५ मा नेपालमा १० हजार १९२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो ।

    प्रदेशगत तथ्यांकमा लुम्बिनीमा सबैभन्दा बढी ३ हजार ४ सय ६०, सुदूरपश्चिममा २ हजार ३५ र गण्डकीमा १ हजार २ सय ३४ जना संक्रमित भएका थिए ।

    सन् २०२५ मा नेपालमा १० हजार १९२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । प्रदेशगत तथ्यांकमा लुम्बिनीमा सबैभन्दा बढी तीन हजार ४ सय ६०, सुदूरपश्चिममा दुई हजार ३५ र गण्डकीमा एक हजार २ ३४ जना संक्रमित भएका थिए ।

    विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा यसको जोखिम बढी देखिएको चिकित्सकहरू बताउँछन् । कर्णाली र सुदूरपश्चिमका जिल्लामा खेतीपाती, घाँसदाउरा तथा वनजंगलमा निर्भर जनसंख्यामा संक्रमणको जोखिम उच्च देखिएको छ ।

    मुसा तथा अन्य साना जनावरको शरीरमा रहने यस्ता माइटले मानिसलाई टोक्दा जीवाणु मानिसको शरीरमा प्रवेश गर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार स्क्रब टाइफस (ओरिएन्टिया सुसुगामुसी) नामक ब्याक्टेरियाका कारण हुने संक्रमण हो ।

    यो संक्रमण माइट नामक सानो किर्नाजस्तो जीवले टोकेपछि मानिसमा सर्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।“संक्रमित माइटले टोकेपछि सामान्यतः पाँचदेखि २० दिनभित्र, औसतमा १०–१२ दिनमा लक्षण देखिन थाल्छ । ज्वरो आउने, हल्का खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, कलेजो तथा अन्य ग्रन्थी सुन्निने र कतिपय अवस्थामा शरीरमा दाग देखिनेलगायतका लक्षण देखिन्छन्,” उनले भने ।

    माइटले टोकेको ठाउँमा कालो पाप्रो वा दागजस्तो देखिने घाउलाई ‘एस्चर’ भनिन्छ, जुन स्क्रब टाइफसको महत्त्वपूर्ण संकेत मानिन्छ । “समयमै पहिचान गर्न सके स्क्रब टाइफस पूर्ण रूपमा निको हुन्छ । यसको उपचारका लागि प्रभावकारी एन्टिबायोटिक उपलब्ध छन्,” डा. पुनले भने ।

    स्क्रब टाइफस समयमै उपचार नभए गम्भीरसमेत बन्न सक्ने डा. पुनले बताए । उनका अनुसार संक्रमणले निमोनिया गराउनुका साथै मिर्गौला, कलेजोलगायतका अंगमा समस्या निम्त्याउन सक्छ । गम्भीर अवस्थामा बहुअंग विफलताको जोखिमसमेत हुन्छ । “मैले बढी देख्ने जटिलता निमोनिया हो । त्यसबाहेक किड्नी, कलेजोलगायत अन्य अंगमा पनि समस्या आउन सक्छ,” उनले भने ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend