मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताका लागि केके चाहिन्छ कागजात?

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताका लागि केके चाहिन्छ कागजात?

images
२०८३ आश्विन २० गते, मंगलवार
२०८३ आश्विन २० गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै निर्वाचन समितिले उम्मेदवारी रुजुका लागि आवश्यक कागजात र प्रक्रिया स्पष्ट गरेको छ।

    images

    उम्मेदवारी दर्ता गर्न इच्छुक उम्मेदवारले आफूले उम्मेदवारी दिन चाहेको पदअनुसारको उम्मेदवारी फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ। फारममा सम्बन्धित पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवार आफैँ भने आफू उम्मेदवार भएको पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउने छैनन्।

    images

    उम्मेदवारी दर्ताका क्रममा सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिदसमेत अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। बैंक भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा खुलेको हुनुपर्ने निर्वाचन समितिले जनाएको छ।

    त्यस्तै, उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि पनि साथमा राख्नुपर्नेछ। समावेशी क्लस्टरबाट उम्मेदवारी दिने उम्मेदवारले आफू सम्बन्धित क्लस्टरमा पर्ने प्रमाणित गर्ने प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ।

    उम्मेदवारी रुजुका क्रममा उम्मेदवारको क्रियाशील सदस्यताको निरन्तरतासम्बन्धी सिफारिससमेत आवश्यक पर्नेछ। क्रियाशील सदस्यताको निरन्तरता प्रमाणित गर्ने सम्बन्धित सिफारिस उम्मेदवारी फारमसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    निर्वाचन समितिले उम्मेदवारी दर्ताका क्रममा फारम, प्रस्तावक–समर्थक, शुल्कको भौचर, महाधिवेशन प्रतिनिधि प्रमाणपत्र, आधिकारिक परिचयपत्र, क्लस्टर प्रमाणपत्र र क्रियाशील सदस्यताको निरन्तरता सिफारिसलगायत सबै कागजात पूरा भए–नभएको रुजु गर्नेछ।

    यसअनुसार कांग्रेसको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिन चाहनेहरूले फारमदेखि आवश्यक प्रमाणपत्र र शुल्कको भौचरसम्म सबै कागजात पूरा गरेर मात्रै उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend