काठमाडौँ। नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जनालाई नियुक्त गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष सोमबार सदस्यमा नियुक्त संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौलाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
सपथपछि नवनियुक्त सदस्यहरूले परिषद्को मूल्य र मान्यतालाई आत्मसात गर्दै जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाए।



