मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१६ वर्ष पुगेका नागरिकका लागि स्वास्थ्य बीमामा जोडिन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

१६ वर्ष पुगेका नागरिकका लागि स्वास्थ्य बीमामा जोडिन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

images
२०८३ आश्विन १९ गते, सोमवार
२०८३ आश्विन १९ गते, सोमवार
  • काठमाडौँ। स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रमलाई थप डिजिटल, व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

    images

    बोर्डको दोस्रो बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता, नवीकरण तथा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।

    images

    बोर्डका अनुसार २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।

    त्यस्तै, सामान्य तथा लक्षित वर्गका सबै बीमित परिवारलाई HIB e-Portal मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ।

    यसबाट बीमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण, KYC अद्यावधिक र दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।

    रणनीतिक खरिदसम्बन्धी कार्यदल गठन

    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत प्रभावकारी र दिगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि भएको छ।

    कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा सम्झौताको आधार, सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानी विधि, सम्झौताको मस्यौदा र चरणबद्ध कार्यान्वयन योजनासहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नुपर्नेछ।

    बोर्डले यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर, लागत नियन्त्रण र दाबी व्यवस्थापनमा सुधार हुने अपेक्षा गरेको छ ।

    EMR बाट आएको विवरणलाई दाबी मान्यता

    बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट EMR (Electronic Medical Record) प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई प्रचलित कानुन र निर्धारित मापदण्डअनुसार दाबीका रूपमा मान्यता दिने निर्णय गरेको छ।

    यससँगै हस्तलिखित प्रेस्क्रिप्सन, म्यानुअल दाबी तथा कागजी अभिलेखको प्रयोग घट्ने र भुक्तानी प्रक्रियामा हुने ढिलाइसमेत कम हुने अपेक्षा गरिएको छ।

    EMR बाट प्राप्त डिजिटल तथ्यांकलाई निकट भविष्यमा AI/ML आधारित दाबी समीक्षा प्रणालीमा प्रयोग गर्ने निर्णयसमेत बोर्डले गरेको छ।

    २ हजार १५८ वटा ICD-11 कोड प्रयोग गरिने

    स्वास्थ्य बीमा दाबी व्यवस्थापनलाई तथ्यपरक र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन पहिलो चरणमा २ हजार १५८ वटा Customized ICD-11 Code HMIS मा प्रयोग गर्ने निर्णय भएको छ।

    यसबाट रोगको निदान अभिलेखीकरणमा एकरूपता कायम हुने तथा दाबी परीक्षण र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बोर्डको विश्वास छ।

    बोर्डका यी निर्णय कार्यान्वयनमा आएसँगै स्वास्थ्य बीमा कार्यक्रम थप डिजिटल, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend