मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवार मनोनयन पत्र दर्ता कहाँ कहिले?

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवार मनोनयन पत्र दर्ता कहाँ कहिले?

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिको पदाधिकारी तथा सदस्य पदमा मनोनयन पत्र दर्ताका लागि मिति र समय निर्धारण गरिएको छ। 

    images

    कांग्रेसको काठमाण्डौमा हुन गइरहेको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि उम्मेदवारहरुको मनोनयन पत्र दर्ता २०८३ असोज १९ गते सोमबार निर्धारण गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

    images

    पार्टीको महाधिवेशन उद्घाटन भएको भोलीपल्ट सोमबार दिनको २ वजेदेखि साँझ ६ वजेसम्म राष्ट्रिय सभागृह काठमाण्डौमा मनोनयन पत्र दर्ता गर्ने गरि समय र स्थान तोकिएको हो।

    निर्वाचन समितिले योग्य उम्मेदवारहरुले तोकिएको समयावधी भित्र मनोनयन पत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यरुलाई सूचित गरेको छ।

    निर्वाचन कार्यक्रम सम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने सदस्य सचिव कटुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend