मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसले महाधिवेशन प्रचारमा तामझाम नगर्ने, बजारमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशन प्रचारमा तामझाम नगर्ने, बजारमा पर्चा नटाँस्ने

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौँ। नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ।

    images

    महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो।

    images

    कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औं महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताए। 

    `१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री बजारमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ।´ प्रवक्ता चालिसेले भने।

    कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरु राख्ने प्रवक्ता चालिसेले जानकारी दिए। उनले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरुलाई आग्रह गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend