मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्क्रब टाइफसबाट सल्यानमा थप एक जनाको मृत्यु

स्क्रब टाइफसबाट सल्यानमा थप एक जनाको मृत्यु

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौँ। स्क्रब टाइफस व्यापक रुपमा फैलिएको सल्यानमा थप एक जनाको मृत्यु भएको छ।

    images

    सल्यानको छत्रेश्वरी गाउँपालिका–२, दहखोलाकी ५१ वर्षीया नन्दा घर्तीको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको हो।

    images

    यसअघि सल्यानमा स्क्रब टाइफसका कारण ८ जनाको मृत्यु भएको थियो। थप एकको मृत्युु भएसँगै उक्त रोगका कारण सल्यानमा मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

    छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीका अनुसार घर्तीको श्रीनगरमा गरिएको परीक्षणबाट स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। उनी परीक्षणपछि घर फर्किएकी थिइन्। सो क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि उपचारका लागि नेपालगन्ज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डाँगीले जानकारी दिए।

    छत्रेश्वरी गाउँपालिकामा हालसम्म ८६ जनाको स्क्रब टाइफस परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकामा संक्रमणको दर बढ्दै गएको छ।

    स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार जिल्लाभर हालसम्म ५७५ जनाभन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमण दार्मा गाउँपालिकामा देखिएको छ। दार्मामा मात्रै १५३ जनाभन्दा बढी संक्रमित छन्।

    दार्मा गाउँपालिकामा यसअघि नै स्क्रब टाइफसका कारण आठ जनाको मृत्यु भएको थियो। पछिल्लो पटक छत्रेश्वरीकी एक महिलाको मृत्यु भएपछि जिल्लामा यस रोगबाट मृत्यु हुनेको संख्या नौ पुगेको हो।

    सल्यानमा हालसम्म दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डेमा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

    स्वास्थ्यकर्मीहरूका अनुसार मुसा तथा अन्य साना जनावरमा पाइने किर्नाजस्तो सूक्ष्म जीव ‘माइट’ को टोकाइबाट स्क्रब टाइफस सर्ने गर्छ। समयमै संक्रमण पहिचान गरी उपचार नगरे रोग जटिल बन्दै ज्यान जाने जोखिम हुन्छ।

    यसैबिच दार्मा गाउँपालिका–१ मा पिउने पानीको सुरक्षा तथा गुणस्तर निगरानी, संक्रामक रोग निगरानी र स्क्रब टाइफसबारे जनचेतनामूलक कार्यक्रम गरिएको आयोजना गरिएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend