मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्रीद्वारा भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

स्वास्थ्य मन्त्रीद्वारा भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी तथा सदस्य नियुक्त गरेकी छिन्।

    images

    मन्त्री मेहताले भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल तथा सदस्यहरूमा नवराज तिमिल्सिना र अनिता खड्कालाई नियुक्त गरेकी हुन्।

    images

    मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

    अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा मन्त्रालयले लिएको जनाएको छ।

    नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने अपेक्षासमेत गरिएको छ।

    भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको चितवनको प्रमुख सरकारी अस्पताल हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend