मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल

भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ।

    images

    भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरेको थियो।

    images

    प्रकाशित सूचनापछि १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि सूचित गरिएको थियो।

    अन्तर्वार्तामा उपस्थित १० जना उम्मेदवारको मूल्याङ्कनपछि विज्ञको टोलीले सिग्देललाई रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

    सोही सिफारिसका आधारमा मन्त्रालयले सिग्देललाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो। 

    अस्पतालको विकास समितिमा अध्यक्ष नियुक्त सिग्देललाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार नै नियुक्ति पत्र प्रदान गरेकी छिन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend