मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्क्रब टाईफस प्रभावित सल्यानमा संघ र प्रदेशको चिकित्सक टोली

स्क्रब टाईफस प्रभावित सल्यानमा संघ र प्रदेशको चिकित्सक टोली

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौँ। स्क्रब टाईफसबाट सबैभन्दा बढी प्रभावित जिल्ला सल्यानमा संघ र प्रदेशको चिकित्सकसहितको टोली पुगेका छन्।

    images

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल र रोग निगरानी शाखा प्रमुख हेमराज पाण्डे स्क्रब टाईफस फैलिएको जिल्ला सल्यानको प्रभावित क्षेत्र पुगेका हुन्।

    images

    सल्यान जिल्लाको दार्मा गाउँपालिका स्क्रब टाईफसबाट सबैभन्दा बढी प्रभावित भएको पाइएको छ। सो समस्यालाई मध्यनजर गर्दै तीनै तहको समन्वय र सहकार्यका लागि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट कीटजन्य रोग शाखा प्रमुख डा. दाहाल र रोग निगरानी शाखा प्रमुख पाण्डेका साथै कीट विशेषज्ञ शिशिर पन्तको टोली काठमाडौँबाट खटिएको हो।

    यसैगरी कर्णाली प्रदेशबाट जनस्वास्थ्य अधिकृत तथा FETP fellow महेश शर्मा सहितको टोली र स्वास्थ्य सेवा कार्यालय सल्यानको टोली खटाइएको छ। उक्त टोलीमा स्थानीय तहका कार्यपालिका सदस्यहरु र स्थानीय स्वास्थ्य संस्थाका ईन्चार्जहरु पनि छन्।

    टोलीले बिहीबार दार्मा गाउँपालिकाको सभाहलमा वृहत छलफल तथा अन्तर्क्रिया गर्दै स्क्रब टाईफस प्रभावित क्षेत्रका लागि आवश्यक रणनीतिका विषयमा छलफल गरेको थियो।

    छलफलमा स्वास्थ्य सेवालाई चुस्त राख्ने, बृहत जनचेतनाका क्रियाकलापहरु सञ्चालन गर्ने, प्रकोप अनुसन्धान गर्ने, रोग निगरानी प्रणाली SORMAS मार्फत नियमित रुपमा रोगको निगरानी गर्ने र दैनिक रुपमा सो को मुल्याङ्कन गर्ने विषयमा समझदारी भएको सहभागी एक चिकित्सकले जानकारी दिए।

    आज शुक्रबार स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागर प्रदेशबाट खटिएको टोली सबै भन्दा बढी प्रभावित क्षेत्रमा प्रत्यक्ष निरीक्षणमा जाने तयारी गरिएको छ।

    सुरुमा दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म पुगेको छ। संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्रै आठ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा एक महिला, एक बालक र छ पुरुष छन्। 

    सल्यानका दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डे स्क्रब टाईफसबाट प्रभावित छन्। यी पालिकाहरूमा ज्वरोका बिरामी बढेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी किटबाट स्क्रब टाइफस परीक्षण गरिंदै आइएको छ। स्वास्थ्यकर्मीका अनुसार मृतकमध्ये अधिकांश दीर्घरोगी र ज्येष्ठ नागरिक छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend