मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रसुवा भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आइएफआरसीका महासचिवद्वारा अनुगमन

रसुवा भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आइएफआरसीका महासचिवद्वारा अनुगमन

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौं। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव जगन चापागाईंले रसुवा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

    images

    अनुगमनका क्रममा उनले नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले सञ्चालन गरेको बाढी प्रतिकार्यका गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी लिएका छन्।

    images

    सो क्रममा महासचिव चापागाईंले विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायको सेवामा निरन्तर खटिएका नेपाल रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरे।

    उनले बाढी प्रभावित समुदायको मानवीय आवश्यकताका क्षेत्रमा आवश्यक सहयोग गर्न आइएफआरसी सधैँ तयार रहेको बताए।

    अनुगमनमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालको पनि सहभागिता रहेको थियो। सो अवसरमा महामन्त्री खनालले केन्द्रीय कार्यालयबाट सञ्चालन भएका बाढी प्रतिकार्यका प्रगति तथा आगामी योजनाबारे जानकारी गराएक्क थिए।

    यस्तै रसुवा भोटेकोसी बाढी प्रतिकार्यका क्रममा जिल्ला शाखाबाट भएका गतिविधिबारे नुवाकोट जिल्ला शाखाका सभापति हरि श्रेष्ठले जानकारी गराएका थिए।

    भ्रमणका क्रममा महासचिव चापागाईं नेतृत्वको टोलीले विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठ, उपमेयर प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी तथा त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग भेटघाट गरी बाढीपछिको प्रतिकार्य, प्रभावित समुदायको अवस्था तथा आगामी दिनमा गर्न सकिने सहयोग र कार्यक्रमबारे छलफल गरेका थिए।

    यस्तै  नेपाल रेडक्रस सोसाइटीबाट विदुर नगरपालिका–१० का बाढी प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता हस्तान्तरणका लागि आयोजित कार्यक्रममा महासचिव चापागाईँले सहभागिता जनाएका थिए।

    महासचिव चापागाईंले नेपाल रेडक्रसद्वारा सञ्चालित रेडक्रस आपत्कालीन क्लिनिकको समेत निरीक्षण गरी प्रदान भइरहेका स्वास्थ्य सेवाबारे पनि जानकारी लिएका थिए।

    रसुवा भोटेकोसी बाढीबाट प्रभावित समुदायको पीडामा साथ दिँदै राहत, स्वास्थ्य, खानेपानी, संरक्षण तथा अन्य मानवीय आवश्यकताका क्षेत्रमा रेडक्रसको प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विषयमा भ्रमणका क्रममा महत्वपूर्ण छलफल भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend