मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेटवार्ता

वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेटवार्ता

images
२०८३ आश्विन १५ गते, बिहिवार
२०८३ आश्विन १५ गते, बिहिवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका हुन्।

    images

    सो क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको बाढी र पहिरोपछि अष्ट्रेलिया सरकारले देखाएको मित्रता, एक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गरे।

    ​भेटका क्रममा प्रधानमन्त्रीले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपाल सरकारले खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए।

    ​विपद् लगत्तै अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्री र १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा प्रधानमन्त्रीले प्रशंसा गरे। साथै, अष्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अष्ट्रेलियन डलरको सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको उनको भनाइ थियो।

    ​सो क्रममा बाढीका कारण बेपत्ता रहेका अष्ट्रेलियन नागरिकको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रधानमन्त्री शाहज्यूले बतव। उनले अष्ट्रेलियाले नेपालको मानव संसाधन विकासमा पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि पनि धन्यवाद दिए।

    ​भेटमा राजदूत साइमन अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति समवेदना व्यक्त गरे। साथै, उनले हालै संयुक्त राष्ट्रसंघमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend