मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारी सेवाका महिला कर्मचारीलाई महिनावारी बिदा प्रस्ताव

सरकारी सेवाका महिला कर्मचारीलाई महिनावारी बिदा प्रस्ताव

images
२०८३ आश्विन १५ गते, बिहिवार
२०८३ आश्विन १५ गते, बिहिवार
  • काठमाडौं। सरकारले सरकारी सेवामा कार्यरत महिला कर्मचारीलाई महिनावारीका समयमा छुट्टै बिदा उपलब्ध गराउने व्यवस्थासहितको कानुनी ब्यवस्थाका लागि प्रस्ताव गरेको छ।

    images

    संसद्मा प्रस्तुत संघीय निजामती सेवासम्बन्धी विधेयक, २०८३ मा महिनावारी तथा रजस्वला बिदालाई समेत औपचारिक बिदाको सूचीमा राखिएको छ।

    images

    विधेयकको दफा १२५ मा निजामती कर्मचारीले पाउने विभिन्न प्रकारका बिदाको व्यवस्था गरिएको छ। सोही सूचीमा महिनावारी तथा रजस्वला बिदा समावेश गरिएको छ।

    प्रस्तावित व्यवस्था संसद्बाट पारित भएर ऐनको रूप लिएमा सरकारी सेवामा कार्यरत महिला कर्मचारीले महिनावारीका लागि छुट्टै बिदा पाउने कानुनी आधार तयार हुनेछ।

    हालको निजामती सेवा व्यवस्थामा महिनावारीका लागि छुट्टै बिदाको प्रावधान छैन। यस्तो अवस्थामा महिला कर्मचारीले आवश्यकताअनुसार बिरामी, प्रसूति वा अन्य उपलब्ध बिदा प्रयोग गर्दै आएका छन्।

    यस्तै, निजी क्षेत्रका श्रमिकलाई समेट्ने श्रम ऐन, २०७४ मा पनि महिनावारीका लागि छुट्टै बिदाको व्यवस्था गरिएको छैन। ऐनमा बिरामी तथा प्रसूति बिदालगायत विभिन्न बिदाको प्रावधान भए पनि रजस्वला बिदालाई छुट्टै शीर्षकमा समावेश गरिएको छैन।

    तर, संसद्मा पुगेको संघीय निजामती सेवा विधेयकले पहिलोपटक महिनावारी बिदालाई निजामती कर्मचारीले पाउने बिदाको सूचीमै समेट्ने प्रस्ताव गरेको छ।

    यद्यपि, यो व्यवस्था अहिले नै लागू भइसकेको छैन। संसद्बाट विधेयक पारित भई ऐन बनेपछि मात्र प्रस्तावित महिनावारी बिदा कार्यान्वयनमा आउनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend