मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

घटाइयो ‘भीभीआईपी’ बिदाइ र स्वागतमा विमानस्थलमा उपस्थित हुनुपर्ने पदाधीकारीको संख्या

घटाइयो ‘भीभीआईपी’ बिदाइ र स्वागतमा विमानस्थलमा उपस्थित हुनुपर्ने पदाधीकारीको संख्या

images
२०८१ मंसिर १७ गते, सोमवार
२०८१ मंसिर १७ गते, सोमवार
  • काठमाण्डौं। गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ।

    images

    मन्त्रीपरिषदबाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आएकोे गृह मन्त्रालयले जनाएको छ।

    images

    राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा आउँदा बिदाइ र स्वागतमा अन्तरास्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधीकारीको संख्या कटौती गरिएको गृह मन्त्रालयका सुचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए।

    “भीभीआईपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधीकारीहरु उपस्थित हुनुपर्ने व्यवस्था लामो समयदेखि रहेपनि पदाधीकारी उपस्थित हुनुपर्ने संख्या घटाउने गृहमन्त्रीको प्रस्ताव चार दिन अघि मन्त्रीपरिषद्ले कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेको छ।” सुचना अधिकारी तामाङले भने,“भीभीआईपीको स्वागत र बिदाइ ब्यवस्थित तथा प्रभावकारी बनाउन पहिलेको ब्यवस्था संशोधन गरिएको हो।”

    प्रस्ताव संशोधित कार्यविधिअनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधीकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

    यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधीकारी विमानस्थलमा उपस्थित हुने गरेका थिए।

    “अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किदा गरिने स्वागत र बिदाइलाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको छ।” तामाङले भने, “सुरक्षा व्यवस्थापन कार्यविधि–२०८०, पहिलो संशोधन भएको हो।”

    त्सैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न मिनी कारकेडसम्म जाने पदाधिकारीको संख्या पनि घटाइएको छ।

    मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधीकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर ९ जना पदाधीकारीमा सिमित गरिएको छ।

    त्यसैगरी नयाँ कार्यविधि अनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा प्रधानमन्त्रीसहित १२ जना पदाधीकारी उपस्थित हुनुपर्ने व्यवस्थालाई संशोधन गर्दै सो संख्या घटाएर प्रधानमन्त्रीसहित ७ जना उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ।

    त्यस्तै, उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न मिनी कारकेडसम्म जाने पदाधीकारी ७ बाट घटाएर ४ बनाएको छ। अब उक्त ४ जनामा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपति कार्यालयका सचिब र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल उपस्थित हुनेछन्।

    त्यसैगरी संशोधित कार्यविधि अनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा विमानस्थलमा अब कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधीकारी उपस्थित हुनेछन्।

    प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधीकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो।

    त्यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ६ जना पदाधीकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ। यसअघि उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था थियो।

    नयाँ कार्यविधिअनुसार अब प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन्। यसअघि राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा सभामुख र राष्ट्रिय सभा अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend