मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मापदण्ड विपरीत विद्युत् प्रसारण लाइन क्षेत्रमा बनेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

मापदण्ड विपरीत विद्युत् प्रसारण लाइन क्षेत्रमा बनेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

images
२०८१ मंसिर १७ गते, सोमवार
२०८१ मंसिर १७ गते, सोमवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्युत् प्रसारण लाइन आसपास क्षेत्रमा मापदण्ड विपरीत निर्माण भएका भौतिक संरचना हटाउन सरोकारवाला पक्षलाई निर्देशन दिएको छ।

    images

    काठमाडौं महानगरले सोमबार सूचना जारी गर्दै सबै विद्यालयहरूलाई यस्तो निर्देशन दिएको हो।

    images

    विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोके बमोजिम मापदण्ड पालना गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै प्रसारण लाइन आसपासका भौतिक संरचना हटाउन महानगरले सूचना मार्फत भनेको हो।

    महानगरले जारी गरेको सूचनामा भनिएको छ, `विद्यालय, भवन, घर, टहरा, कक्षाकोठा लगायत भौतिक संरचनाहरू देहालका मापदण्डभित्र पर्ने भएमा मापदण्ड विपरीतका संरचना तथा भागहरू सावधानीपूर्वक विद्यालय तथा घरधनी स्वयंले नै सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाई मापदण्ड पालना गर्नहुन यो सूचना प्रकाशित गरिएको छ।’

    तोकिएको समयभित्र मापदण्ड विपरीतका संरचनाहरू नहटाएमा कानुन अनुसार कारबाही हुने चेतावनी महानगरले दिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend