मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

झापामा कतिले लगाए जेई विरुद्धको खोप?

झापामा कतिले लगाए जेई विरुद्धको खोप?

images
२०८३ आश्विन १४ गते, बुधवार
२०८३ आश्विन १४ गते, बुधवार
  • झापा। जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत झापामा दुई लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ।

    images

    झापामा असोज ५ गतेबाट जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान सुरु भएको थियो। मंगलबारसम्म लगाइएको खोप कुल लक्ष्यको ५४ प्रतिशत रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ। अभियानमा ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित वर्ग मानिएको छ।

    images

    स्वास्थ्य कार्यालय, झापाका प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका १५ पालिकामध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ४० हजार ३१३ जनालाई खोप लगाइसकिएको छ। स्थानीय स्वास्थ्य चौकी र सार्वजनिकस्थलमा दक्ष स्वास्थ्यकर्मीद्वारा खोप लगाइरहेको उनले जानकारी दिए।

    खोप अभियानमा नगरपालिकाअन्तर्गत अर्जुनधारामा १८ हजार २९, कनकाईमा १७ हजार ९२८, शिवसताक्षीमा २० हजार ७६९, दमकमा ३५ हजार ६०५, गौरादहमा १९ हजार ६३६, विर्तामोडमा २८ हजार ६८०, भद्रपुर नगरपालिकामा १० हजार २०५ जनालाई खोप लगाइसकिएको छ।

    त्यसैगरी गाउँपालिकाअन्तर्गत कमल, झापा, गौरीगञ्ज, बाह्रदशी, हल्दिबारी, कचनकवल र बुद्धशान्तिमा पनि जेईविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय, झापाले जनाएको छ।

    जिल्लामा चालु आवमा १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख दासले जानकारी दिए। तीमध्ये सात जनाको मृत्यु भइसकेको छ।

    जिल्लामा पाँच लाख ७० हजार खोप लगाउने लक्ष्य रहेको छ। खोप अभियानका लागि झापामा ५०० स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend