मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सर्यो कांग्रेस महाधिवेशन

सर्यो कांग्रेस महाधिवेशन

images
२०८३ आश्विन १३ गते, मंगलवार
२०८३ आश्विन १३ गते, मंगलवार
  • काठमाडौँ। नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन सरेको छ।

    images

    कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालका अनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन अब असोज १८ गते उद्घाटन हुनेछ यसअघि महाधिवेशन उद्घाटन असोज १६ गतेका लागि निर्धारित थियो। 

    images

    तर, देशमा केही दिनअघि भीषण वर्षापछि बाढी तथा पहिरोका घटना बढेका कारण केही जिल्लामा अधिवेशन धकेलिएको थियो। त्यसपछि कांग्रेसले केन्द्रीय महाधिवेशनको मिति दुई दिनका लागि धकेलेको हो।

    अब कांग्रेस १५ औं महाधिवेशनको उद्घाटन समारोह 
    असोज १८ गते दिउँसो २ बजे खुल्लामञ्च, काठमाडौंमा हुनेछ।

    हाल १५ औं महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्।

    यसै बीचमा देशमा बिभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको कांग्रेसले जनाएको छ।

    अब महाधिवेशन १८ गतेदेखि असोज २१ सम्म आयोजना हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend