मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसकै कब्जामा कीर्तिपुर : डंगोल निर्वाचित

कांग्रेसकै कब्जामा कीर्तिपुर : डंगोल निर्वाचित

images
२०८१ मंसिर १७ गते, सोमवार
२०८१ मंसिर १७ गते, सोमवार
  • काठमाडौं। स्थानीय तह उपनिर्वाचमा सर्वाधिक चासोका साथ हेरिएको काठमाडौँको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित बनेका छन।

    images

    कीर्तिपुर नगरपालिकाको प्रमुखमा  कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मत ल्याए विजयी भएका हुन्।

    images

    यस्तै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याए भने एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएका छन।

    स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहँदै २ हजार ३६ मत प्राप्त गरेका छन। उनलाई हर्क साम्पाङको समर्थन थियो।

    यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि कीर्तिपुरमा कांग्रेसले नै जितेको थियो। त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend