विराटनगर। विराटनगरको कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सोमबार कोशी अस्पताल विकास समितिमा अध्यक्षसहित अन्य तीन सदस्य नियुक्त गरेकी हुन्।
मन्त्रालयका अनुसार मोरङका डा. सुमित घिमिरेलाई कोशी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको छ।
यस्तै, समितिको सदस्यहरुमा ललिता सरदार, डा. नूतन नौलखा र मजहर हुसेन नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष घिमिरेसहित सदस्यहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहणसँगै उनीहरूले अस्पतालको सेवा, व्यवस्थापन तथा विकासका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।



